आईतवार के कार्यमा शुभ होला ? हेर्नुहोस् ।।

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल माघ महिनाको ६ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत पौष शुक्लपक्षको चतुर्दशी तिथि दिवा १.३९ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । आद्र्रा नक्षत्र विहान ७.३० बजेसम्म रहनेछ । आज वैधृति योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६.५७ मा छ भने सूर्यास्त बेलुका ५.३२ बजे हुनेछ ।चन्द्रमा आज मिथुन राशिमा छन् । आज आइतबार पूर्णिमा व्रत पनि परेको छ । शिवजीको उपासना पनि आज शुभ रहनेछ ।