डाक्टर केसि लाई चिठि

प्रकाशित मिति:

डाक्टर केसि तिमि नमर अनसन बसि बसि
तिमि मरे कस्ले बोल्छ ३ करोड जनता को पछि
जाग्नु पर्छ ऊठ तिमि ऊठ सधै अनसन बस्न हुन्न
फुर्सद छैन राष्ट घाति हरुलाई तिम्रो माग पुरा गर्न

बेस्त छन् सरकार प्रमुख मन्त्रि हरु सबै कर्मचारि
राता रात अरब ,खरब को भागबण्डा नमिल्दाखेरि
५२खरब स्वुईच बैंन्को को सम्पति कति पर्नेहो भागमा
कति पाय भाग ५(६अरब हिस्सा वाईडबडि जहाज़ मा

राष्ट्रीयता र राष्र्ट जनता को मतलब नभयकालाई
किन सुन्न्थे तिम्रो जनताको हितको जायज़ मागलाई
निर्मला को हत्यारा बल्तकार के निया कता पुर्याए
३८कुईन्टल सुन ,४(५अरब को घोटाला कता हराय

राष्टघाति जनतामारा हुन हाम्रा देश का नेता सबै
जनतार देश को भलो चाहने जन्मेका रहेन्छन खै
भन्दै छु नमर डाक्टर गोबिन्द केसि धेरै अनसन बसेर
अगी तिमि हिड्नु पर्छ ३करोड जनाताको अगिलागेर

नेपाल आमाको सपुत छोरा डाक्टर तिमिलाई सलाम
तिम्रो माग पुरा नगर्दा पनि ३करोड जनता को पक्षमा आवाज उठाई रह्यो तेसै ले तिमलाई सलाम सलाम

सारदा क्षेत्री अमेरीका