“संर्घषले माथी उठ्दै बुद्धिराज थापा”

प्रकाशित मिति:

गुल्मि जिल्ला जुभुङमा जन्मिएका बुद्धिराज थापा पेशाले निर्माणब्यबसायी हुन । उमेरले ३० काटेका थापा हाल थापा इन्जिनियरीङ कन्स्ट्रक्सन बुटवलका सन्चालन हुन । सानो उमेरमै निर्माण ब्यबसायमा लागेका उनले आफ्नो ज्ञान र सिपलाइ स्वदेशमै सदुपयोग गर्ने प्रण गरेका छन । २०६५ सालदेखी यस क्षेत्रमा होमीएका थापाले धेरै चुनौतीको सामना गरेर यहासम्म आइपुगेको बताउछन । भारतीय सेनामा भर्ती हुने रहर थियो , हालैको एक भेटमा थापाले भने –अन्तिम समयमा सेलेक्सन भइन । तर जे गरिन्छ मेहेनतसाथ गर्नुपर्छ भन्ने मान्यता सधैभरी रहिरहन्थ्यो । ” उजिरसिंह माबीबाट स्कुलीङ सकेका उनले प्लस टु सम्मको अध्ययन सिद्धार्थ गौतमबुद्ध क्याम्पसबाट सकाए । क्याम्पस पढ्दादेखी नै राजनीतिमा उनको लगाब बढ्दै गयो । तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा सघं नेपाल बुटवल नगरपालीकाको २ नम्बर वडाको अध्यक्ष हुदै नगरसचिबको भुमिकामा पनी आफुलाइ अब्बल बनाए । हाल युवा सघं नेपाल रुपन्देहिको जिल्ला कमिटी सचिवालय सदस्य एवम नगरकमिटी इन्चार्ज रहेका थापाले पाएको भुमिकालाइ कुशलतापुर्वक सम्पन्न गर्ने क्षमता देखाइसकेका छन । मैले पदलाइ कहिल्यै ठुलो ठानीन , कसिलो ज्यान तन्काउदै थापा अगाडी भन्छन – राजनीति गर्दा गर्दै निर्माण ब्यबसायमा लागे । अझै पनी यो ब्यबसायमा म सिक्दै छु । मलाइ यस क्षेत्रमा ल्याउन जबीन कक्षपती दाइको ठुलो योगदान रहेको छ । ”
पेशाका चुनौती ……
कुनै पनी काम गर्न त्यती सजिलो पक्कै छैन । तर निर्माण ब्यबसाय आफैमा चुनौतीको पेशा भएको थापा बताउछन । समयमा भुक्तानी नपाउने, स्थानीयको अबरोध, कच्चापदार्थको अभाब, कामदारको अभाब, बन्द हड्ताल लगायतले अबरोध पुराइरहको हुन्छ । तै पनी १० बर्षदेखी यहि काम गरियो अब चाहेर या नचाहेर पनी यहि पेशालाइ अगाडी बढाउनुपरेको छ । हाल लुम्बिनी निर्माण ब्यबसायी सघं शाखा कार्यालय बुटवलको कार्यसमिती सदस्य रहेका उनले जुनसुकै पेशालाइ सम्मान गर्नुपर्ने धारणा राख्छन । म त भर्खर सिक्दै छु, साना साना काम गरिरहेको छु, बिगत कोट्याउदै थापा भन्छन – धेरै चुनौतीलाइ पार गर्दै यहि देशमा केहि गर्ने योजना बनाएको छु । कम्तिमा आफ्नै देशमा काम गर्न पाइएको छ । यसैमा खुसी छु ।
खेलकुदमा लगाब…..
युवा र खेलकुद आफैमा पनी जोडीन्छ । उनी पनी यो बिषयबाट टाढा रहेनन । उनले तत्कालीन मनमोहन स्मृती नकआउट फुटबल प्रतीयोगीताको संयोजक भएर पनी काम गरे । मलाइ फुटबल असाध्यै मन पर्छ , हसिलो अनुहारका अबिबाहित थापा अझै खुले – बिभिन्न ठाउमा खेलकुदका कार्यक्रमहरुमा पनी पुग्ने गर्थे । जबसम्म खेलकुद र युवालाइ राज्यले सहि दृष्टिकोणले हेर्दैन तबसम्म बिकास सम्भव छैन । ” अबका दिनमा यसैगरी अनुशासीत र इमान्दारी ढङगले आफ्नो पेशामा लागीपर्ने र युवाहरुका लागी कार्यक्रम गर्ने योजना सुनाए । सबल नेपालसगको कुराकानीको अन्त्यमा आफुजस्ता ब्यक्तिलाइ पनी मिडीयाले युवा स्तम्भमा ठाउदिएकोमा आभार प्रकट गरेका थापाले अन्य सामाजीक सघंसस्थाबाट पनी काम गर्ने इच्छा रहेको बताए ।
प्रस्तुती ः दिपक न्यौपाने