रोट्रयाकबाट अघि बढ्दै अजित ……….

प्रकाशित मिति:

युवाहरु बिभिन्न पेशा तथा ब्यबसायमा लागेर सामाजीक कार्यमा लाग्नेहरुको सङ्ख्या दिनप्रतीदिन बढीरहेको छ । पछिल्लो समय रोटट्रयाक क्लब अफ बुटवल डाउनटाउनको अध्यक्ष हाकिरहेका अजित घतानेले पनी आफ्नो ब्यबसायबाट मिलेको फुर्सदको समयमा क्लबमार्फत सामाजीक काममा सक्रिय बनेका छन । ३ दशक पारगरिसकेका बुटवल शिवनगरका स्थायी बासीन्दा घताने अजीत मोटरसाइकल पार्टसका सन्चालक हुन । उनी रोटट्रयाक बाहेक जेसीस, अटोमेकानिक्स ट्रड युनियन लगायत बिभिन्न सघंसस्थामा सक्रिय छन । मोटरसाइकल बनाउने तालीम लिएर आफ्नै ब्यबसायमा चम्केका घताने क्लबको कार्यकालको आधासमयपुगी सक्दा बिभिन्न रचनात्मक काम गरिसकेको बताउछन ।

हामीले अनाथ बालबालीकाहरुलाइ प्रर्दशनी अबलोकन तथा भुकम्पपिडीतहरुलाइ सहयोग सम्मका कार्यक्रम गरिसकेका छौ , सबल नेपाल साप्ताहिकसगको भेटमा हसिला अनुहारका घतानेले भने – बाकी रहेको ५ महिनाको अबधीका पनी युवा र समाजप्रती लक्षीत कार्यक्रम सन्चालन गर्नेछौ । ” इन्द्रबहादुर र कृष्णकुमारी घतानेकी कान्छा छोरा अजीत समाज बदल्नका लागी पहिला युवाहरु नै बदलीनुपर्ने दाबी गर्छन । झण्डै ११ बर्षअगाडी रोटट्रयाक क्लब अफ बुटवल डाउनटाउनमा प्रवेश गरेका उनले क्लबमा आफुलाइ भित्राएका पुर्व अध्यक्ष जीबन अधिकारीलाइ पनी सम्झन्छन । क्लबमा लाग्नु र सामाजीक काम गर्नुको मज्जा छुट्टै छ , अजीतले सुनाए –ब्यबसायबाट बचेको फुर्सदको समयमा काम गर्दा अझै उर्जा मिल्छ । राज्यले नेपालमै रोजगारको सिर्जना गरेको खण्डमा युवाहरु यहि सामाजीक काम गरेर अगाडी बढ्ने थिए । ” क्लब र सामाजीक काममा लागेर आफुभन्दा ठुलालाइ आदार र सानालाइ सम्मान गर्न सिकेको बताउदै उनले भोलीका दिनमा पनी रोटट्रयाक क्लब अफ बुटवल डाउनटाउनबाट अगाडी बढ्ने प्रतीबद्धता जनाए ।
प्रस्तुती ः दिपक न्यौपाने