सीप परिक्षणमा उत्तिर्ण भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण ।

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे ।स्याङजा,६ माघ, स्याङजाको वालिङ र गल्याङमा सञ्चालित तिन महिने निशुल्क तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । वालिङमा सञ्चालित असिस्टेन्ट व्युटिसियन लेभल ए र कुक कमी तेस्रो लेभल ए तथा गल्याङमा सञ्चालित विल्डिङ ईलेक्ट्रिसियन लेभल ए का सहभागीहरु मध्ये सीप परिक्षणमा उत्तिर्ण भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । गत असारमा सिटीईभिटी अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले उनीहरुको सीपको परिक्षण गरेको थियो । नेपाल सरकार शिक्षा मन्त्रालय ईभेन्ट परियोजना दोस्रोको आर्थिक सहयोग तथा हेल्भेटास ईन्स्योर प्रोजेक्टको प्राविधिक सहयोगमा तालिमको सञ्चालन गरिएको हो । स्याङजामा सञ्चालित तालिमको संयोजन तथा आयोजना गौरव ईन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएट्स नेपाल र कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरले गरेकाहुन् ।वालिङमा सञ्चालित सीप परिक्षणवाट उत्तिर्ण भएका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।  कार्यक्रमको वारेमा जानकारी दिदै सि टु टेकका राष्ट्रिय तालिम संयोजक राजकुमार खड्काले सीप मुलक तालिमलाई आफूहरुले निरन्तरता दिने वताउनु भयो । उहाँले छोटो अवधीका सीप मुलक तालिमले राम्रो प्रभाव पारेको जानकारी दिनुभयो । प्रमाणपत्र वितरण कार्यक्रममा प्रशिक्षक चुत्राकुमारी थापा,सहभागीको तर्फवाट पमिला गुरुङ र याम वहादुर थापा लगायतले वालेका थिए । सिटुटेकका गण्डकी प्रदेश प्रमुख एवं क्षेत्रिय तालिम संयोजक राधाकृष्ण डुम्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका राष्ट्रिय अनुगमन अधिकृत कमल प्रसाद भट्टराईले गर्नु भएको थियो । वालिङमा भएको कार्यक्रममा सीप परिक्षणमा उत्तिर्ण भएका सतहत्तर जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो ।
यस्तै गल्याङमा सञ्चालित तालिमका सहभागीहरु मध्ये सीप परिक्षणमा उत्तिर्ण भएका १७ जना प्रशिक्षार्थाीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको छ । सो अवसरमा सिटुटेकका राष्ट्रिय तालिम संयोजक राज कुमार खड्का,अनुगमन अधिकृत कमल प्रसाद भट्टराई, गण्डकी प्रदेश प्रमुख एवं स्याङजाका तालिम संयोजक राधाकृष्ण डुम्रे,पत्रकार टिकाराम अधिकारी सहभागीका तर्फवाट खेम भ्टराई लगायतले वालेका थिए ।