राष्ट्रिय एपिक म्युजिक अवार्डमा उत्कृष्ट गितकार न्यु टयालेण्टको अवार्ड चुमिन गितकार सरुले ।।

प्रकाशित मिति:

गितकार शारदा मरासिनी सरुले राष्ट्रिय एपिक म्युजिक अवार्ड चुम्न सफल भएकी छन । एपिक नेपाल म्युजिक प्रालिले काठमाडौमा आयोजना गरेको राष्ट्रिय एपिक म्युजिक अवार्डमा उनको गित हावासरी बाट उत्कृष्ट गितकार बेष्ट न्यु टयालेण्टबाट अवार्ड चुम्न सफल भएकी हुन ।अर्घाखाची जिल्लामा जन्मिएर बुटवललाई कर्मथलो बनाएर गितसंगित र पत्रकारिता क्षेत्रलाई एकैसाथ अगाडी बढाउदै आएकी सरुले भोट गरेर सहयोग गर्ने र हरेक क्षेत्रबाट अवार्ड जिताउन सहयोग गर्ने र गितसंगितमा लाग्न प्रेरणा प्रदान गर्ने सवैलाई धन्यवाद एवम आभार व्यक्त गरेकी छन ।र संगै यो अवार्डले अझ आफुलाई नेपाली गितसंगितमा लाग्नको लागी थप प्रेरणा मिलेको र जिम्मेवार थपिएको बताएकी छन ।गितकार शारदा मरासिनी सरु रेडियो रिपब्लिक बुटवलमा कार्यरत रहेकी छन ।