दुईवटा भरुवा बन्दुकसहित एकजना पक्राउ

प्रकाशित मिति:

दाङ /प्रहरीले दाङमा एकजनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।शान्तिनगर गाउँपालिका(४ जुम्लेकुला का २९ वर्षीय हरिबहादुर रासकोटीलाई दुईवटा भरुवा बन्दुक र बदेलको जस्तो देखिने दुईवटा खुट्टासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले घरमै लुकाएर राखेको बन्दुक फेला परेपछि रासकोटीलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।