श्रीमतीको हत्या गरी युवकद्वारा आत्महत्या

प्रकाशित मिति:

जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन् ।इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको बताए ।

घरको बार्दलीमा झुण्डिएर छट्पटाइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेको डीएसपी सिँहले बताए । उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।मृतक दम्पतिका दुई छोरा छन् । डीएसपी सिंहले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।