इन्द्रेणीमा कृष्ण र रुपालाई पैसाको बिटो ,हस्तान्तरण गर्न पुगे पूर्व-मन्त्री ! (भिडियो)

६ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
41 Shares


ऋषिराम खड्का असोज तिर हो घर विदामा गएको थियो ढिलोगरी कृष्ण भाईलाई करेन्ट लागेर नाजुक अवस्थाबाट बाँचेको खबर बिमला दिदिले सुनाउनु भएको थियो । त्यतिबेला नै मैले भने दिदि अहिले सामाजिक सञ्जालले धेरैको जीवनमा परिवर्तन ल्याएको छ । यो कुरा मिडियामा लैजाउँ मनकारी नेपालीको कमि छैन ।

त्यस लगतै म कर्मथलो तिर फर्किए । रुपासँग त्यसबारेमा कुरा भईराख्यो । रुपा र कृष्णले जीवनदेखि हार मानिसकेका थिए । लाखौँको ऋणको भारी । न उपचार खर्च न जीन्दगीको कुनै गन्तब्य न आयश्रोत न आफन्त बाहिर जती हाँसेपनि निरस थियो उनीहरुको जीवन । मैले भनेको थिएँ संसार हरेस खानेहरु, हार मान्नेहरुको होईन हिम्मत गर्नेहरुको हो । तिमीहरुको भावना दुनियाँले सुन्छ । साथ दिन्छ । मिडियामा जाउँ आफ्ना दुखहरु भन ।

त्यसैबिचमा नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग यो विषयमा कुरा गरेँ ! सर मेरो एकजना आफन्तको यस्तो हालत छ एउटा भिडियो बनाएर युट्युबमा राख्दिनु पर्यो । समाजसेवी भण्डारीले मेरो कुरा नकारेनन मेरो काम नै त्यहिँ हो सर म जान्छु भन्नुभयो ।

मेरो चाहना त्यति थियो रुपा र कृष्णको पिडा सबैले थाहा पाउन । तर आज कृष्ण र रुपा भन्दा पनि म धेरै खुशी छु । अहिले जे भईरहेको छ जसरी सिंगै नेपाल उर्लेको छ सबै कुराको जस जजस्ले लिए पनि गर्वका साथ भन्नु सक्छु त्यसको सुरुवात मैले नै गरेको हुँ ! व्यक्त गर्ने शब्द छैनन । नेपालीको जस्तो ठुलो मन भएका मानीस संसारमा कहाँ भेटिएलान ?

(भिडियो)

फेसबुकबाट तपाईको प्रतिक्रिया