गौमुखी गाउपालीका २ मा वर्षाैदेखी चल्दै आएको लाटा नाच यस वर्षपनि सम्पन्न

प्रकाशित मिति:

उत्तरि प्यूठानको गौमुखी गाउपालीका २ मा वर्षाैदेखी चल्दै आएको लाटा नाच यसवर्षपनि सम्पन्न भयो । भोकमरि, सकंट र पुरानो रितिरिवाजमा समर्पित यो नाच यसवर्षपनि सम्पन्न भएको हो । परापुर्व कालमा ९ जना केटाकेटिहरु घरनजिकैवाट लडेर मृत्यू भएको र पछि उनीहरुले गाउमा डराउन दिने, तर्साउने लगाएतका काम गरेपछि उनीहरुको आत्मलाई सान्तपार्न लाटानाच नाच्ने गरिएको किम्वदन्ती छ । पुस्तौदेखी चल्दै आएको यो परम्परागत नाच आफैमा पृथक र फरक छ । विभिन्न आकृतीका काठका तरवार, भाला, खुकुरी लगाएत अन्य विभिन्न मानिसको शरिरका अगंको आकृति वनाएर नाच्ने गरिन्छ । चारैतिरवाट पहाडले घेरेको अर्खामा लाटानाच नगरे विपत्ती आईलाग्ने भएकाले सदैयौदेखी चलिआएको परम्परालाई जोगाउन यो नाच नाच्ने गरिएको वडा अध्यक्ष टुक वहादुर पुनले जानकारी दिनुभयो ।

धामिझाक्रि र लाटाको रुपमा उपस्थित हुने त्यहाका स्थानीयहरु एकअर्कामा मिलेर यो नाच नाच्ने गर्छन् । नौजना केटाकेटिहरु लोटेर गएका र पछि उनीहरुकै आत्माले गाउमा त्रास उत्पन्न गरेपछि त्यसको रोकथामका लागी लाटानाचको ब्यवस्था गरिएको स्थानीय जानकारहरु वताउछन् ।