खुुल्ला ब्याडमिन्टन प्रतीयोगीताको उपाधी पोखरालाई।

प्रकाशित मिति:

मिलन गाहा, बुटवल  स्वास्थ्यका लागी खेलकुुद राष्ट्रका लागी खेलकुुद भन्ने मुुल नारा सहीत तामनगर ब्याडमीन्टन क्लबले आयोजना गरेको तेश्रो आउटडोर खुुला पुुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतीयोगीताको उपाधी पोखरा ब्याडमिन्टन क्लबले कब्जा गरेको छ। पोखरा ब्याडमीन्टन क्लबका तर्फबाट बिधान अधीकारी र बिशाल बस्नेतले आयोजक तामनगरलाई पराजीत गरेको हो। जित संगै पोखराले नगद ४० हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हो भने दोश्रो हुुने आयोजक तामनगरका चुुरन थापा र बिनोद पौडेललको जोडीले नगद २५ हजार सहीत कप मेडल र प्रमाणपत्र प्राप्त गरे भने तेश्रो हुुने बुुटवल ब्याडमीन्टन क्लबका बिरेन्द्र बिष्टर ईन्द्र महताको जोडी तथा पोखराका बिशाल खड्का र केवल श्रेष्ठको जोडीले नगद ७ हजार ५ सय कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए।

त्यस्तै भेट्रानतर्फ गुुल्मीका बालसीङ काउचा र नबराज श्रेष्ठको जोडीेले भेट्रानको उपाधी कब्जा गरेका हुुन यो संगै नगद १५ हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे दोश्रो हुुने मणीग्रामका रामुु केसी र राजकुुमार केसीले नगद १० हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने तेश्रो हुुने दुुई समुुह गुुल्मी लुुम्पेकका कृष्ण पुुलामी र मन बहादुुर थापाले नगद २५ सय कप मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने नबलपरासीका रुद्र बहादुुर सुुर्यबंसी र धनीराम महतोको जोडीले नगद २५ सय कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए।सो प्रतीयोगीतामा ७० टिमको सहभागीता रहेको थियो।

बिजेता खेलाडीलाई बुुटवल उपमहानगरपालीकाका मेयर शिबराज सुुबेदीले पुुरस्कार प्रदान गर्नुुभएको थियो। प्रमाण पत्र प्रदान संगै प्रमुुख अतीथीको मन्तब्य राख्ने क्रममा खेलको बिकाशका लागी बुुटवल उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने बताउदै युुवाहरुले अनुुशासीत पर्बक आपसमा भाईचारा र खेलको माध्यमबाट देशलाई चिनाउन आग्रह गर्नुुभयो। औपचारीक कार्यक्रम तामनगर ब्याडमिन्टन क्लबका सचीब जय बहादुुर छन्त्यालको संचालन तथा संस्थाका अध्यक्ष मधुु पुुलामीको अध्यक्षतामा सम्पन्न भएको थियो।