लुम्बिनी बिकास कोषमा भीषण आगलागी

६ माघ २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


लुम्बिनी । एक महिना भित्र अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको बिकास कोषको जंगलमा २२ पटक आगलागिबाट ८० हेक्टर जलेको साता बित्न नपाउदै फेरि भीषण आगलागि भएको छ ।ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार कोष स्थित केन्द्रिय नहरको पश्चिम जर्मनी बौद्धबिहारबाट आईतवार दिउसो एक बजे भएको ४० आगलागिमा परि कलिला रुखबिरुवा झारपात ,बनस्यपति ,कीरा फटयांग्रा लगायत,जीवजन्तु समेत जलेर नष्ट भएका छन ।

लुम्बिनी जस्तो महत्वपूर्ण क्षेत्रमा आगलागि भईरहदा लुम्बिनी साँस्ृकतिक नगरपालिकाको लापर्वाहीका कारण दमकल थन्किएको हुदा अग्नि नियन्त्रणमा समस्या परेको प्रनि शंकरपोखरेलले जानकारी गराए ।कोषमा आगलागिको घटना बारे लुम्बिनीमा खटिएका संयुक्त सुरक्षा निकायलाई अनुसन्धान गर्ने जिम्मेवारी सुम्पिएको हुदा सुरक्षा निकायले दोषी माथि कार्यवाही प्रक्रियाका लागि ब्यापक खोजी गरिरहेका काृषका बनस्यपतिशाखा अधिकृत सब्बीर अहमद खानले बताए ।यद्यपि लुम्बिनी बिकास कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले लुम्बिनी बिकास कोषलाई बदनाम गराउन कसैको हात रहेको हुदा निस्पक्ष छानबीनका लागि सुरक्षा निकाय सँग आग्रह समेत गरे ।

हाल सम्म लुम्बिनी बिकास कोषको जंगलभित्र पटकपटक आगलागिको घटनाक्रम दोहोरि रहदा लुम्बिनीमा खटिएका नेपालप्रहरी,सशस्त्रप्रहरी , दंगा नियन्त्रणगण ,,लुम्बिनी बिकास कोष सुरक्षागार्ड,र बीरगोरखाली सुरक्षागार्ड टोलीले अझै सम्म पक्राउ गर्नमा असफल रहेको खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया