किषानी र डाक्टरी कथामा आधारित छ चलचित्र गोपी

प्रकाशित मिति:

रुपन्देही- गतेदेखि प्रर्दशनमा आउँने चलचित्र गोपीले प्रचार प्रसारलाई तिव्र पारेको छ । चलचित्रको प्रचार प्रसारको लागि गोपी टिमका निर्माता ,लेखक कलाकार बुटवलमा आईपुगेका छन । चलचित्र गोपीको टिमले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

गाईपालन ब्यवसायलाई लक्षित गरी बनाईएको चलचित्रमा विपिन कार्की र वर्षा राउत मुख्य भूमिका रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले जानकारी दिए । करिब १ करोड २५ लाखको लगानीमा निर्माण गरिएको चलिचित्रलाई नेपाली र्दशकले मन पराउने कार्यकारी निर्माता पौडेलले दाबी गरेका छन । विदेशमा जाने युवालाई स्वदेशमा गाईपालनको सम्भावना कस्तो छ भनेर चलचित्रमा प्रस्तुत गरिएको लेखक सामिप्य तिमिल्सिनाले जानकारी दिएका छन ।

काठमान्डौंको टोखामा चलचित्रको छायाङ्कन गरिएको हो । चलचित्रमा विपिन कार्की गाईपालन ब्यवासयमा लागेका हुन्छन भने वर्षा राउत भेटनरी डाक्टरको रुपमा प्रस्तुत गरिएको गोपी टिमले जानकारी दिएको छ ।