नागरिकता किर्ते गरि भारतीय सेनामा छनोट हुन गएका दुई गिरोह बुटवलबाट पक्राउ

प्रकाशित मिति:

सुुरेश परियार  सैनामैना /नागरिकता किर्ते गरि भारतीय सेनामा छनोट हुन गएका दुई गिरोह बुटवलबाट पक्राउ परेका छन् ।भारत सरकारले बुटवलमा गत पुष ३१ गते देखी भारतीय सेनामा भर्ति खुलाएको थियो ।सोही बेलामा माघ २ गते बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा न.३ बस्ने वर्ष २१का गुप्त बहादुर वि.क र माघ ४ गते पाँचथर जिल्ला फल्गुन्द गाउँपालिका वडा न.२ बस्ने २१का सुमन लिम्बुलाई जेकजाँच गर्दा नागरिकता किर्ते गरि ल्याएको भेटिएको अवस्थामा प्रहरी खवर गरे अनुसार उनीहरुलाई पक्राउ गरेको हो ।

अरुको नागरिकता र स्कुल सर्टिपिकेटमा आफनो फोटो राखेर भर्तिका लागी छनोट हुन गएको बेला उनीहरुलाई फेला पारिएको ईलाका प्रहरी कार्याल बुटवलका प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।पक्राउ पर्ने दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्धा दर्ता गरिएका कानुनी कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।