अन्र्तराष्टिय क्षेत्रका उद्योग वाणिज्य संघलाई लुम्विनीको अवलोकन गर्न र लगानी गर्न आग्रह

प्रकाशित मिति:

बुटवल/ बुटवल उद्योग वाणिज्य संघले अन्र्तराष्टिय क्षेत्रका उद्योग वाणिज्य संघ र बरिष्ठ उद्योगपतिहरुलाई बुद्धजन्मस्थलआग्रह लुम्विनीको अवलोकन गर्न र यस क्षेत्रमा लगानी गर्न  गरेको छ ।भारतको गुजरातमा ३ दिनसम्म चलेको गुजरात ग्लोवल समिटका अवसरमा आयोजित गोष्ठिमा सहभागि एक सय बढी उद्योग वाणिज्य संघ र बरिष्ठ उद्योगपतिहरुलाई संघका अध्यक्ष खिम बहादुर हमालले बुद्धजन्मस्थल लुम्विनीको अवलोकन गर्न र यस क्षेत्रमा उद्योग क्षेत्रमा लगानी गर्न उद्योग वाणिज्य संघहरु र बरिष्ठ उद्योगपतिहरुलाई आग्रह गर्नु भएको हो ।
समिट समापन अघि आज भएको लगानी तथा व्यापार सम्वन्धि गोष्ठिमा अध्यक्ष हमालले नयाँ संबिधान पश्चात भएका निर्वाचनबाट स्थायी सरकार गठन भएपछी नेपाल दीगो बिकास तर्फ अघि बढन खोजीरहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न अन्तराष्टिय लगानीकर्ताहरुलाई ठुलो अवसर भएको बताउनु भयो ।उहाले प्रदेश सरकारले आगामी बर्षलाई लुम्विनी भ्रमण बर्ष र नेपाल सरकारले नेपाल भ्रमण बर्षको घोषणा गरेकाले सो अवसरमा नेपाल आउन पनि आग्रह गर्नुभयो ।

त्यस्तै संघका कार्यकारी सचिव सञ्जय ज्ञवालीले नेपाल भारत बिश्व कै नमुना देश भएको र दुई देशबीच उद्योग तथा व्यापारको प्रयाप्त सम्भावना रहेको बताउनु भयो । उहाले अहिले नेपालबाट भारत तर्फ न्युन बस्तु निर्यात भएकाले त्यो बढाएर व्यापार सन्तुलन कायम गर्न भारतका उद्योगीहरुले नेपालका उद्योगमा लगानी बढाउन आवश्यक भएको बताउनु भयो । उहाले बिश्वका लगानी कर्ताले पर्यटन र कृषि क्षेत्रमा लगानी गरेर नेपालको बिकासमा ठुलो सहयोग पुर्याउन सक्ने बताउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष हमाल सहित पुर्वअध्यक्ष जीवन प्रसाद वझा, अर्जुनमान सैजू,नवराज श्रेष्ठ, सुरेन्द्र प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष महेशमान सिंहले गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष डा. जयमिन भाषा सहित संघका पुर्व अध्यक्षहरुलाई नेपाली ढाका टोपी सहित बुद्धमुर्तिले सम्मान गर्नु भएको थियो । त्यस्तै गुजरात उद्योग वाणिज्य संघले पनि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सहित सहभागिहरुलाई सम्मान गरेको थियो ।

भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले उदघाटन गर्नु भएको समिट आज सकिएपनि समिटका अवसरमा आयोजित प्रर्दशनी अझै ४ दिनसम्म चल्ने छ ।समिटमा बुटवल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ सहित २६ देशका उद्योग वाणिज्य संघले कार्यपत्र तथा आफनो देशको उद्योग व्यापारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।समिट तथा प्रर्दशनीमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पुर्वअध्यक्ष तथा सल्लाहकारहरु सुरेन्द्र प्रसाद श्रेष्ठ,जीवन प्रसाद वझा, अर्जुनमान सैजू र नवराज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू, वाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेश प्रसाद श्रेष्ठ,कोषाध्यक्ष बिमलराज भट्टराई,सचिव कमल पौडेल र कार्यसमिति सदस्यहरु नबिन श्रेष्ठ, निर्मित कसजू,सञ्जय जैसवाल, मनोज ध्वजू, मुक्ति अधिकारी, प्रतिक पोखरेल, शुक्रप्रसाद बस्याल, प्रकाश श्रेष्ठ, दिनेश श्रेष्ठ तथा कार्यकारी सचिव सञ्जय ज्ञवाली र पत्रकार डायलसन अधिकारी सहभागि हुनुभएको छ ।त्यस्तै महिला उद्यमी पूजन श्रेष्ठ,युवा उद्यमी निखिल वझा, व्यवसायी अशोक कुमार श्रेष्ठ र कृष्ण प्रसाद ज्ञवाली पनि भ्रमण टोलीमा हुनुहुन्छ ।