त्रिशूलीमा ट्रक खस्यो

७ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


चितवन । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।

गएराति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैं अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका हुन् । सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया