सुनको भाउ बढ्यो

प्रकाशित मिति:

साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।