कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाको ५२ औं वार्षिकउत्सव सम्पन्न

प्रकाशित मिति:

रुपन्देही /कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले ५२ औं वार्षिकउत्सव मनाएको छ । सो अवसरमा बैंकले कर्मचारी पुर्नमिलन समारोह सम्पन्न गरेको छ ।
समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले अहिलेको बदलिदों परिस्थितिमा बजारका प्रतिष्पर्धीहरुलाई उत्कृष्ट ठहराउँदै बैंकिङ्ग सेवा दिन नसके पछाडी परिने बताए । उनले नेपाल राष्ट्र बैंक सधै खुल्ला हृदयले छलफल गर्न र आवश्यक सुझाव दिन तयार रहेको बताए ।बैंकका क्षेत्रीय निर्देशक मीनराज पोखरेलले खरो रुपमा प्रतिष्पर्धा गर्न सके कृषि विकास बैंकको भविष्य उज्ज्वल रहेको बताए । उनले बैंकले गरेको कतिपय कामहरु प्रचारप्रसार गर्न नसकिएको बताए । पोखरेलले अन्य बैंकहरुले जस्तै डिम्याट खाता खोल्ने, स्मार्ट बैंकिङ, एटिएम, भिजा कार्ड, एसएमएस एलर्ट सुविधा, एलसी, बैंक ग्यारेण्टी लगायतका विभिन्न नयाँ योजनाहरु पनि सञ्चालनमा ल्याएको जनाए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक क्षेत्रीय समिति लुम्बिनीका अध्यक्ष राम बहादुर गुरुङ, राष्ट्रिय कर्मचारी संगठन प्रदेश नम्बर ५ का संयोजक विनोद के.सी., बैंकका पूर्व कर्मचारी तिल कुमारी गुरुङ, झबिलाल भट्टराई लगायतले बोल्दै प्रतिष्र्धात्मक बजारमा बजार प्रबर्धन तर्फ लाग्नुपर्ने बताए ।कृषि विकास बैंक लिमिटेड भैरहवा शाखा प्रबन्धक खुर्शेद अहमदको स्वागत मन्तव्य तथा मधुसुदन पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा २० वर्ष अवधि पुरा गरेका बैंकका कर्मचारीहरुलाई सम्मान तथा वार्षिकउत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक क्षेत्रीय समिति लुम्बिनीद्वारा आयोजित रक्तदान कार्यक्रमका रक्तदाताहरुलाई पनि सम्मान गरिएको थियो ।