स्कलर्स होममा कक्षा १२ का विद्यार्थीलाई स्वागत

६ श्रावण २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
147 Shares


बुटवल स्थित स्कलर्स होम वोडिङ सेकेण्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहामा सनिवार आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्याथीहरुले कक्षा ११का विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकवहादुर थापाले अनुशासित भई अध्ययन गरेमा सफलता मिल्ने बताउनु भयो । अभिमुखिकरणमा पुननिर्माण प्राधिकरणका सिनियर इन्जिनियर विपिन गौतम, टिचिङ हस्पीटलका डा छवि पन्थी, डा. गौैरभ देवकोटा, डा. साजन श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । विद्यालयका प्रिन्सिपल बावुराम बन्जाडेले विद्यालयको आचार सहिता र विद्यालयको योजनाको वारेमा प्रकाश पार्नु भयो ।

कक्षा १२ की सन्ध्या शर्माले विद्यालयमा शैक्षिक वातावरण राम्रो भएकाले विद्यार्थीहरुले परिक्षामा राम्रो नतिजा ल्याउन सफल भएको बताउनु भयो । व्यवस्थापन समितिका सदस्य खुवीराम आचार्यको अध्यक्षता दुर्गा पाण्डेको स्वागत, प्रशासकिय अधिकृत लोक प्रसाद भण्डारीको संचालनमा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थी विवेक खत्रीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा कक्षा ११ र १२ का २सय ५० विद्यार्थी र २५ जना शिक्षकहरुको सहभागीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया