नवलपरासीको बर्दघाटमा माइक्रो बसले ठक्कर दिदा एकको मृत्यु एकजना घाईते

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको बर्दघाटमा सोमबार माइक्रो बसले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छन भने अर्का एक बालक घाइते भएका छन । बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित त्रिबेणी बसपार्क भित्र त्रिबेणीको लागी बस कुरीरहेका विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ७ रानिनगर फर्साटाडीका दयाराम बोटेका छोरा र छोरी र तिनका हजुर बुवा काले बोटे गरि ३ जना मध्य दुई बालबालिकालाई बर्दघाट बुटवलको रुटमा चल्ने लु १ ख ७२९६ नम्बरको माइक्रो बसले ठक्कर दिदा सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन ।

बसको ठक्करबाट मृत्यु हुनेमा अन्दाजी ७ बर्षिय बालिका शितल बोटे रहेको र अर्का घाइते मृतकका भाई अन्दाजी ५ बर्षिय आर्यन बोटे रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । घाइते बोटेलाई उपचारको लागी भरतपुर अस्पताल लगिएको र ठक्कर दिने माइक्रो बस र बस चालक ईलाका प्रहरी काार्यलय दर्बघाटको नियन्त्रणमा रहेको बर्दघाट प्रहरी प्रमुख बुद्धि सागर पुरीले जानकारी दिनुभएको छ ।