ई रिक्शा चालकले फेला पारेको ४० हजार बराबरको चेक सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण

७ माघ २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
18 Shares


नवलपरासी/पश्चिम नवलपरासीको बर्दघाट देखी चौपत्ता जाने क्रममा ई रिक्शा चालकले आइतबार फेला पारेको ४० हजार बराबरको चेक सोमबार सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ । बैंक अफ काठमाण्डौ लिमिटेड परासी शाखामा सर्बेश कुमार कलवारको नाममा रहेको खाताबाट गोविन्द चौधरीको नाममा काटिएको सो रकम बराबरको सो चेक आइतबार करिब २ बजेको समयमा फेला पारेका ई रिक्शा चालक बर्दघाट ४ बर्दघाट बस्ने कृष्ण परियारले खातावलाको हस्ताक्षर समेत भएको उक्त चेक यात्राको क्रममा खसेको हुन सक्ने र सो दुरुपयोग नहोस र सम्बन्धित ब्यक्तिले समयमै चेक पाओस भनि आइतबार सामुदायिक रेडियो दाउन्नेलाई हस्तान्तरण गर्नुभएको थियो ।

चेक ग्रहण गरेपश्चात समुदायिक रेडियो दाउन्नेले आफ्नो समाचारको विशेष बुलेटिनमा समाचार सम्प्रेषण गरेको र रेडियोले सामाजिक सञ्जालको माध्यमबाट पनि आफ्नो फेसबुक पेज मार्फत समेत सम्बन्धित ब्यक्ति सम्म जानकारी गराउन अनुरोध गरेको थियो । सो पोष्ट गरिएको चेक सामाजिक सञ्जालमा भाइरल भएपछी उक्त चेक सामाजिक सञ्जालको माध्यम बाटै चेकको सम्बन्धित ब्यक्ति बर्दघाट ५ बण्डाखोला बस्ने गोविन्द चौधरी रेडियोको सम्पर्कमा आएपछी सो चेक सोमबार रेडियोका कर्मचारीहरुबीच चेक फ्ेला पारेका ई रिक्शा चालक कृष्ण परियारले चौधरीलाई हस्तान्तरण गर्नुभएको हो । चेक बुझ्दै चौधरीले चेक फेला पानुभएका ई रिक्शा चालक परियार सहित सचनाको माध्यमबाट आफु सम्म सो चेक पुर्याउन सहयोग गर्ने सामुदायिक रेडियो दाउन्नेलाई समेत धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया