तत्कालिन गभर्नर डा रावल धरौटीमा रिहा

प्रकाशित मिति:

काठमाडौ \ पोलिमर नोट घोटाला प्रकरणका मुख्य आरोपीत तत्कालीन गभर्नर डा। तिलक रावल धरौटीमा रिहा हुनुभएको छ । थुनछेक बहसपछि न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले रावलसँग १० लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । अदालतमा उपस्थित भएका रावलले १० लाख रूपैयाँ बुझाएर धरौटीमा रिहा हुनुभएको हो । गत पुस ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रावलसहित नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाँडेविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगले १० रुपैयाँको पोलिमर नोट छपाई प्रकरणमा अनियमितता भेटिएको भन्दै तीनजना प्रतिवादीसँग जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँबिगो माग गरेको छ । अष्ट्रेलियामा छापिएको १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाई प्रकरणमा रावलले भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । रावलले २०५६ साल माघदेखि २०६१ माघसम्म गभर्नरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।