रविको ‘छवि’

प्रकाशित मिति:

‘लगनगाँठो कस्न खप्परमै लेख्या हुनुपर्छ’ भन्ने कुरा धरहराले सुन्या बर्षौं भयो । अनि यो तर्क धेरैको जीवनमा मेलसमेत खाको नि देखिन्छ । त्यसैले एउटै व्यक्तिले पटक–पटक धेरै जनासँग लगनगाँठो कस्छ भने त्यस्ताको खप्पर चानेचुने हैन भने बुझे हुन्छ । अनेकांैका घरबार बिग्रिएर सपारेपछि कतिपयका बाही बाही पाएका रविले आफूलाई घामजतिकै तेजिलो ठाने पनि आफ्नै घरको छविमा भने कालो बादलले ढपक्कै ढाक्यो । खप्पराँ त ल्याएकै हुन् डिभोर्स गर्दा पनि चर्चा चौँथोपटक इलु इलू गर्दा नि चर्चा । बिना पर्चाको चर्चा कम चानचुने हो र ! हुन त उनले वाकपटुतामा विश्व कीर्तिमान राखेका हुन् क्यारे लगनगाँठोमा पनि राख्ने भए ।

उनको यस्तो क्षमता देख्दा धरहरालाई पनि निकै डाहा र औडाहा हुने भन्या । बिहे नै नगरी बस्या नेता÷नेतृ हाम्रा देशां कति छन् कति ! रविको छविबारे के भन्दा हुन् उनीहरु धरहरालाई निकै जिज्ञासा छ । इशाले रिसा झोकमा होइन रहेछ रविको छविको चर्चा गरेको ! उनले त चौँथो लगनगाँठोको शुभकामना दिएर महानता देखाइन् भने उच्च शान भएको धरहराले एउटा शुभकामना दिन के कञ्जुस्याईँ गर्नु छ र !