सुरु भयो सुन्दर सिंहदरबार अभियान

प्रकाशित मिति:

काठमाडौंँ–सडक तथा भीरपाखा सम्याउन प्रयोग हुने ‘डोजर’ सिंहदरबारभित्र चलेको देख्दा धेरैलाई अनौठो लागेको छ ।  विगत नौ दिनदेखि बिहान ७ बजेबाट नियमित रुपमा डोजर चलिरहँदा चासो धेरैको चासो बढेको छ । सुन्दर सिंहदबार निर्माण लागि अभियानको थालनी डोजरबाट आरम्भ भएको छ ।

नेपाल सरकारको कन्द्रीय प्रशासनिक मुख्यालय सिंहदरबारक्षेत्रलाई सफा सुन्दर, आकर्षक हरियाली र व्यवस्थित बनाउन सिंहदरबारभित्र डोजर चलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्री र सचिवले जनताको लागि काम गर्ने कार्यालयहरु नै सफा र व्यवस्थित नहुँदा त्यसको प्रभाव प्रदेश र स्थानीय सरकारसम्म पर्ने भएकाले मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतमा बसेको एक बैठकले सिंहदरबार परिसर व्यवस्थापनसम्वन्धी २६ बुँदे  निर्णयहरू गरिएको थियो । ती निर्णयहरूलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा सिंहदरबारभित्रको फोहर व्यवस्थापन गर्न डोजर नै चलाउन परेको प्रवक्ता कुँवरले स्पष्ट पारे । डोजर चलाएको सोमबार नौ दिन पुगेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।