छाया सरकारको अर्थमन्त्रीमा अर्बपति बिनोद चौधरीको दाबी

प्रकाशित मिति:

काठमाडौं–नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न काँग्रेसले बनाउने भनेको छायाँ सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीमा दाबी गरेका छन् ।  आजको नयाँ पत्रिका दैनिक लेख्छ– पार्टीका ६३ सांसदलाई इच्छाएका मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदारी पेश गरेका हुन् ।

प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा बाणिज्य र श्रेष्ठले शिक्षा ऊर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् ।