बच्चा नजन्माएको आरोपमा जिउँदै चितामा राखेर जलाउने प्रयास

प्रकाशित मिति:

भारत/ भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ ।यो घटना बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको हो । स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपीट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो ।

स्थानीय एक सूचनाका आधारमा ठिक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी दिदीमाथि कुटपीट हुँदै आइरहेको थियो ।कुटपीटपछि महिला बेहोस भएकी थिइन् । त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको थियो । पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ ।