दोस्रो चलचित्रको तयारीमा एलिजा

प्रकाशित मिति:

सिनेमा अनुरागबाट डेब्यू गरेकी अभिनेत्री एलिजा गौतमले पहिलो सिनेमामा राम्रो काम नगरेको भन्दै धेरै आलोचना खेपिन् । उनलाई धेरैले सिनेमामा अभिनय सिकेर मात्र आउनु पर्ने सुझाव दिए । सिनेमा हेरेर अरुले दिएको सुझावलाई एलिजाले सकारात्मक रुपमा लिएर अघि बढेकी छिन् ।सबैको सुझाव र सल्लाह अनुसार एलिजा यतिबेला दोस्रो प्रोजेक्टको तयारीमा जुटेको विशेष स्रोतले जनाएको छ ।अबको प्रोजेक्टमा भने एलिजाले अनुरागमा गरेका गल्तीहरु सकेसम्म नगर्ने तयारी गरिरहेकी छिन् । उनको दोस्रो प्रोजेक्टले दर्शकहरुलाई सरप्राइज दिनेछ ।

यतिबेला एलिजा बाहिरी ब्यानरका सिनेमाको तयारीमा छिन् । उनी अब केही समय बाहिरी ब्यानरका सिनेमामा काम गरेर मात्र आफ्नो ब्यानरमा सिनेमा निर्माण गर्ने तयारीमा छिन् ।उनको डेब्यू सिनेमा अनुरागका प्रस्तुतकर्ता ऋषिराज धमला अर्थात् उनका श्रीमान थिए ।दुईवटा सन्तानकी आमा बनिसकेकी एलिजालाई सिनेमामा प्रवेश गर्नु निकै चुनौतीपूर्ण थियो । उनलाई परिवारले साथ दिए पनि सिनेमा उद्योगमा प्रवेश गरेपछि भने केही अप्ठ्यारो पर्यो । धेरैले उनलाई विवाहित र दुईवटा सन्तानकी आमाको रुपमा हेरे जसले एलिजाको चित्त दुख्यो ।

एलिजाले आफूलाई सिनेमा उद्योगको यो पक्ष मन नपरेको बताइन् ।उनले एउटा अभिनेत्रीलाई सिनेमामा अनुबन्धित गर्दा ऊ विवाहित हो की हैन रु छोराछोरी पाएकी छ कि छैन रु भनेर नहेरी उसको काम हेर्न जरुरी भएको बताएकी छिन् ।