अरुण भट्ट हत्या प्रकरण स् थप दुई अभियुक्त पक्राउ

प्रकाशित मिति:

कैलाली/कैलालीका अरुण भट्टको हत्यामा संलग्न थप दुईजना अभियुक्त पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान १ बजे हत्यामा संलग्न मुख्य अभियुक्त सहित चार जनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको थियो ।हत्यामा संलग्न अन्य दुइ अभियुक्तलाई सोमबार राती नियन्त्रणमा लिएका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलाका प्रमुख ९एसपी० आभुषण तिम्सिनाले भने, ‘अहिले पक्राउ परेका दुई जना अरुण भट्टको हत्या हुँदा घटनास्थलमा उपस्थित भएको खुलेको छ, थप अनुसन्धान गरिरहेका छौँ ।’सोमबार मध्यरात पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–२ स्थायी घर भएका वीरेन्द्र शाह र प्रमेश मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार मध्यान्ह पत्रकार सम्मेलन गरेर मुख्य अभियुक्त विनोद ऐर, सहायक अभियुक्तहरु डेबिड सिंह ऐर, मञ्जु चौधरी र लोकेश खत्रीलाई सार्वजनिक गरेको थियो ।माघ ५ गते कैलालीको गोदावरी नगरपालिका–२ पूर्व रोडमा आयोजित सुदुर पश्चिम प्रादेशिक महोत्सव हेरेर फर्कने क्रममा धारिलो हतियार प्रयोग गरी भट्टको हत्या गरिएको थियो ।सुदुर पश्चिम प्रादेशिक महोत्सव समाप्त हुने बित्तिकै महोत्सव स्थलदेखि बाहिर पट्टि पूर्व–पश्चिम राजमार्गको अत्तरिया चिसापानी सड्क खण्डमा पर्ने सशस्त्र प्रहरी बलको बाहिनी नजिकै विनोद ऐरको समूहले आक्रमण गर्दा अरुण भट्ट गम्भिर घाइते भएका थिए । सेती अञ्चल अस्पतालमा उपचारका लागी लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । घटनामा भट्टका साथिहरु हरि राई र राजेश नेपाली घाइते भएका थिए ।

बिगतको रिसिबीको कुरा निकालेर भट्ट र ऐरको समुहको बिचमा बाद–बिवाद भएको र सोही क्रममा धारिलो हतियार प्रयोग गरेर भट्टको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेकाहरुमाथी कर्तब्य ज्यान मुद्धामा म्याद लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।