सांसदलाई पेस्तोल ताकेपछि एसएसपी नै फिल्डमा उत्रिए, ६५ बढी पक्राउ

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधि सभाकी सांसद निरुदेवी पालमाथि भएको घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले ६५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले काठामाडौंको नयाँ वानेश्वर क्षेत्रबाट शंकास्पद ६५ जनाभन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएका उनीहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।एसएसपी पोखरेलकै नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सबै प्रकृतिका व्यक्तिहरु रहेको एसएसपी पोखरेलले बताएका छन् ।

मंगलबार साँझ बानेश्वरमै अज्ञात हतियारधारी समूहले कञ्चटमा पेस्तोल तेस्र्याएर धम्क्याएको आरोप सांसद पालले लगाउँदै आएकी छन् । सांसद पालमाथि भएको यो घटनाको विषय संसदमा समेत प्रवेश गरेको छ ।बिहिबार बसेको संसद बैठकमा सांसदहरुले पालमाथि भएको घटना दुःखद भएको भन्दै आक्रमणकारीलाई कानुनी कठघरामा ल्याउन र सांसदहरुको सुरक्षाको माग गरेका छन् ।बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद पालमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीउपर कार्वाही गर्न सरकार सचेत रहेको बताएका छन् ।

थप समाचार