अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ आज केही वृद्धि

प्रकाशित मिति:

सोमबार स्थिर रहेको अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ मंगलबार केही बढेको छ । तर कोरियन वनको भने भाउ केही पैसा घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकेको छ । सोमबार डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकिएको थियो ।साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा थियो ।मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । सोमबार रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको थियो ।

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो ।मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर २७ रुपैयाँ ८० पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको थियो ।आज मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८३ पैसा छ । हिजो खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३९ पैसा थियो ।बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा तोकिएको छ । सोमबार खरिददर र ३०१ रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ८७ पैसा रहेको थियो ।यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको थियो ।