गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भारत बाट हवाई रुट पाउने

८ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
71 Shares


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ रुट दिन भारत सरकार सहमत भएको छ । हालै भारत भ्रमण सकेर आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले उक्त कुरा बताएका हुन् । भैरहवा विमानस्थलमा उडान तथा अवतरण गर्नलाई भैरहवा नजिकैबाट जहाज प्रवेश गर्नसक्नेगरी हवाई रुट बनाउने काम भइरहेको मन्त्ती अधिकारीले जानकारी दिए।आगामी वर्षदेखि सञ्चालनको लागि तयार हुने लक्ष्य लिइएको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट समस्या हुने ठानिएका बेला सरकारले गाँठो फुकाउने प्रयास गरेको छ। एकमात्र हवाई प्रवेश विन्दु हुँदा भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनमा समस्या हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया