लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ : कांग्रेसका नेताहरु

८ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
52 Shares


रुपन्देही – राजनीतिक संस्कार र आचरण सुधार नहुँदासम्म पार्टी बलियो नहुने धारणा नेपाली काङ्ग्रेसका नेताले व्यक्त गरेका छन्  प्रजातान्त्रिक विचार समाजले आज बुटवलमा आयोजना गरेको ‘लोकतान्त्रिक संस्कार र विचार’ विषयक प्रवचन कार्यक्रममा उनीहरुले पार्टी बलियो हुन नेता र कार्यकर्ताले लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।  उनीहरुले अन्तरद्वन्द्व र गुटबन्दीका कारण पार्टी कमजोर भएको बताउँदै कम्युनिष्टलाई गाली गर्दैमा पार्टी बलियो नहुने धारणा व्यक्त गरे । सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक नेतृत्वको गलत आचरणका कारण नेपालको राजनीति आलोचित भइरहेको उल्लेख गर्दै राजनीतिलाई सम्मनित क्षेत्र बनाउन नेतृत्वले राजनीतिक संस्कार र आचरण परिवर्तन गर्नुपर्ने बताए ।

पार्टीको आदर्श, सिद्धान्त र संस्कारमा नेता कार्यकर्ता रहन नसक्दा चुनावमा पार्टीले पराजय बेहोरेको बताउँदै उनले अबका दिनमा पनि कार्यशैली नफेरिए पार्टी बलियो नहुने धारणा व्यक्त गरे । n‘चार वर्षभित्र महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरी जनताका बीचमा जानुपर्छ’, नेता पौडेलले भने, ‘पार्टीको आन्तरिक द्वन्द्व र गुटबन्दीको अन्त्यका लागि समयमै महाधिवेशन गर्नुको विकल्प छैन ।’
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेतृत्वमा आत्मबल कमजोर हुँदा पार्टी कमजोर भएको बताए ।

काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिक संस्कार र आचरण ठीक नभएका नेता पार्टीमा रहेसम्म लोकतान्त्रिक संस्कार बलियो नहुने बताउँदै ‘राजनीति कमाइ खाने भाँडो भयो, यो परिपाटी अन्त्य नभएसम्म राजनीतिक परिवर्तन सम्भव छैन’, भने ।  अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र विचौलियाको प्रभाव बढी भएकाले समस्या भएको उल्लेख गर्दै पार्टीलाई कम्युनिष्टसँग तुलना गर्दैमा संस्कार बदलिन्न, विचारअनुसार व्यवहार हुनुपर्छ बताए ।  नेता देवराज चालिसेले काङ्ग्रेसको संस्कार र शैली हारेकोमा चिन्ता व्यक्त गरे । प्रदेशसभा सदस्य रमा अर्यालले पार्टी बलियो हुन व्यक्तिका पछाडि नलागी सिद्धान्त र विचारको पक्षमा लाग्न आग्रह गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…