विद्युत लाईन प्रयोग गर्न गाडिएका काठका पोल हटाउन जलश्रोत मन्त्रिको निर्देशन

प्रकाशित मिति:

विद्युत लाइन वितरण गर्न प्रयोग गरिएका काठका पोल विस्थापित गर्न ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । केही समययता रामेछाप लगायत विभिन्नन ठाउँमा विजुलीको नांगो तारले छोएर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री पुनले आइतबार अब देशभर काठका पोल विस्तावित गर्न निर्देशन दिएका हुन् ।ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका छन् ।मन्त्री पुनले काठ र स्टिलका पोलहरूका कारणले मानवीय क्षती बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिए । उनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान आग्रह समेत गरेका छन् ।

विद्युतीकरणमा गुणस्तरहीन कामसमेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिए ।