बुटवल राजधानी बनाउन नेकपाभित्रै हस्ताक्षर संकलन

प्रकाशित मिति:

बुटवल । प्रदेश ५ को स्थायी राजधानी बुटवल नै कायम गर्न र नाम लुम्बिनी राख्न दबाव दिने उद्देश्यले नेकपाका सांसदहरुले हस्ताक्षर संकलन अभियान चलाएको खुलासा भएको छ । आठ जना प्रदेश सांसदहरुले हस्ताक्षर गरिसकेका छन् ।प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी, नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकाल, तुल्सी प्रसाद चौधरी, थानकुमारी थापालगायतको समूहले हस्ताक्षर संकलन थालेको एक सांसदले जानकारी दिए ।सांसद तुल्सीप्रसाद चौधरीले भने हस्ताक्षर अभियानबारे खुलेर कुरा गर्न चाहेनन् । उनले  भने, ‘हामी हस्ताक्षर बुझाउन नसक्ने भए किन काम गर्थ्यौं । अहिले मिडियामा बोल्न अप्ठ्यारो हुन्छ, प्रेसर हुन्छ ।’उनले प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी बुटवलबाहेक अन्त हुनै नसक्ने दाबीसमेत गरे ।

बुटवललाई अस्थायी राजधानी बनाएको एक वर्ष बितिसक्दा पनि प्रदेश ५ को नाम र राजधानी टुंगो लाग्न सकेको छैन । नाम र राजधानीको विषयमा सुझाव दिन १५ सदस्यीय विशेष समितिसमेत गठन गरिएको छ ।दाङबाट प्रदेशसभा सांसदमा निर्वाचित भएर मुख्यमन्त्री बनेका शंकर पोखरेलले सडकबाट नभइ संसदबाट प्रदेश राजधानी तोकिने बताउँदै आएका छन् । ‘यो काम प्रदेशसभाकै हो,’ नेकपा प्रदेश ५ का इञ्चार्जसमेत रहेका पोखरेलले भने, ‘विशेष समितिलाई सरकारबाट जस्तो सहयोग आवश्यक पर्छ त्यहीअनुसार सहयोग गर्न सरकार तयार छ ।’ स्थायी राजधानी तोक्दा र नामाकरण गर्दा प्रदेशका सबै जनतालाई गौरवबोध हुने गरी गर्नुपर्ने उनको भनाइ छ ।

लामो समयसम्म स्थायी राजधानी नतोकिएको र नामाकरण पनि नगरिएको विषय धेरै पटक प्रदेशसभा बैठकमै उठ्दै आएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानी र नामाकरणको विषय जोडेर साउन १३ गतेको बैठक नै अवरुद्ध गरेको थियो भने माघ ३ गते बुटवलमा खबरदारी सभा समेत आयोजना गरेको थियो ।गोप्य हस्ताक्षरको औचित्य हुन्न स् संयोजक पुन