गोंगबुमा गोली चल्यो

प्रकाशित मिति:

काठमाडौं – काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको एक गेष्टहाउमा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो ।

प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ । तामाङलाई पक्राउ गर्न हनुमानढोकाबाट प्रहरीको टोली खटिएको थियो । गोली प्रहार गरेर तामाङलाई पक्राउ गर्न सफल भएको हो । तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ