रोकिंदैन दुर्घटना

प्रकाशित मिति:

रुपन्देहीको ओमसतिया गाँउपालिका–२ पडसरी चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय रन्जित कुमार मदेशिया र पछाडी सवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का २६ वर्षकै अमित बानियाँ छन् । घाईते दुवैको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । गएराति पौने १२ बजे भारतीय नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय भैरहवाले जनाएको छ ।

यस्तै नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.६ मा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । हरिनारायण कोहारको चुलोबाट सल्केर आगो लागेको थियो ।आगलागीबाट घर भित्र रहेका एक गाई, एक गोरु, दुई थान साईकल, २० वटा कुखुरा, धान, चामल, पिठो, पानी चलाऊने पम्पुसेट, आवश्यक कागजातहरु जलेर नष्ट भएको प्रहरी चौकी गुठी परसौनीले जनाएको छ । आगोलाई स्थानिय, शसस्त्र प्रहरी गुठी परसौनी र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।