चौतारी लघुवित्त का सदस्यहरुलाई उद्यमशिलता तालिम

प्रकाशित मिति:

चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफना सदस्यहरुलाई दुई दिने वित्तिय साक्षरता तथा उद्यमशिलता तालिमको संचालन गरेको छ । कार्यक्रमको एक समारोहका बिच संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलले उद्घाटन गर्दै महिलाहरु आर्थिक सबल नभई अन्य विकास हुन नसक्ने भन्दै अभियानका रुपमा तालिमहरु संचालन गर्दै आएको बताए ।धेरै वित्तिय संस्थाहरुका बिचमा चौतारी के कारणले फरक छ भन्ने विषयमा ज्ञान लिने र संस्थालाई अगाडी बढाउने विषयमा समेत सबैको सुझाव जरुरी रहेको बताए ।प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले ठुलो संख्यामा गरिदा प्रभावकारी नदेखिएकाले सानासाना समुहमा तालिम शुरु गरेको बताए ।

समुहमा मिलेर उत्पादन क्षेत्रमा लगानी गर्ने बानीको विकासलाई संस्था अघि बढेको उनले बताए ।नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले वित्तिय साक्षरता दिने रुपमा फरकफरक समयमा तालिमहरु दिदै आएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला शाखाका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, संचालक तिलक भुषाल, पुष्पराज ढकाल, ईन्दिरा पन्थीले तालिमबाट सिकेको सबै ज्ञानलाई आफनो क्षेत्रमा लागु गर्न सकेमात्र तालिम सफल हुने बताए ।प्रशिक्षक सुनिल गिरीले तालिमलाई सहजिकरण गरेका थिए । अनुगमन अधिकृत कृष्ण बहादुर चौधरीले महिलाहरुको क्षमता अभिवृद्धिका लागि निरन्तर गरिदै आएको बताए । तालिममा १६ जिल्लाका ८० महिलाहरुको सहभागिता रहेको छ । महिलाहरुलाई वित्तिय साक्षरता दिने उद्धेश्यका साथ तालिम चलाइएको हो ।