उजिर सिंह माविमा घुम्ती पढाइ कार्यक्रम संचालन

प्रकाशित मिति:

उजिर सिंह माध्यमिक बिद्यालय बुटवलले घुम्ती पढाइ कार्यक्रम संचालन गरेको छ । सेतो गुरास बाल बिकास सेवा रुपन्देहीको समन्वयमा बुटवल वडा न २ को परिषरमा खुल्ला मैदानमा कार्यक्रम गरिएको हो । प्रारभिक कक्षा पढाइ उपसमितिका संयोजक सुहाबहादुर नेपालीको अध्यक्षता तथा वडा न २ का अध्यक्ष ।रमेश प्रसाद नेपालको प्रमुख आतिथ्यमा कार्यक्तम भएको हो । सो अबसरमा उजिर सिंह माध्यमिक बिद्यालयका प्राधानाध्यापक मुहम्मद महबुब खां, शिक्षक गौतमलाल शाक्य,पदमलाल शाक्य लगायतले बोल्नुभएको थियो ।बिद्यालयले पहिलो पटक यसप्रकारको कार्यक्रम शुरु गरेको हो ,कक्षा १ ,२ र घमा पढ्ने बालबालिकाहरुका लागि बिद्यालयको अतिरिक्त घर आंगनमा पनि अध्ययन गर्ने बानीको बिकासका लागि कार्यक्रम गरिएको बिद्यालयले जनाएको छ ।