प्रथम मायादेवी शैक्षिक महोत्सव–२०७५ सम्पन्न

प्रकाशित मिति:

“समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार” भन्ने नाराका साथ प्रथम मायादेवी शैक्षिक महोत्सव–२०७५ सम्पन्न भएको छ । समग्र मायादेवी गाउँपालिकाको शैक्षिक क्षेत्रको उन्नतिको लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा कार्यक्रम संयोजक लक्ष्मण ज्ञवालीले बताए । शैक्षिक महोत्सवमा २३ वटा प्रतियोगिता सञ्चालन गरिएको ज्ञवालीले जानकारी दिए । महोत्सवमा वरेवा मा.वि. प्रथम, कालिका पब्लिक द्धितीय, हाजी ऐनातुल्लाह मा.वि. तृतीय, सरस्वती एजुकेशनल इङलिस स्कूल र सरस्वती शिशु सदन इङलिस स्कूल सान्त्वना भएका छन् ।तीन दिन सम्म चलेको महोत्सवको मंगलबार एक कार्यक्रमका बीच समापन गरिएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका प्रमुख जितेन्द्र ढकाल, गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, गाउँ कार्यपालिका सदस्य सिता वि.क., वडा नम्बर ८ का वडा अध्यक्ष चोक बहादुर थापा, शिक्षा समिति सदस्य श्रीराम यादव, शिक्षक महासंघ मायादेवीका अध्यक्ष सतिषचन्द्र मणि त्रिपाठी, प्याब्सन मायादेवी अध्यक्ष भरत गिरी लगायतले बोल्दै यस्ता महोत्सवले गाउँपालिकाको शैक्षिक क्षेत्रमा टेवा पु¥याउने बताए ।कार्यक्रममा शैक्षिक महोत्सवमा सहभागि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।
१४