भ्रष्टाचार न्यूनिकरणका लागि माघ १८ गते १०० कडा १०

८ माघ २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
5 Shares


माघ १८ गते बाट प्रदर्शन हुने चलचित्र १०० कडा १० को टोली देश दौडाहामा निस्किएको छ । सो अवसरमा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा कलाकार राजाराम पौडेलले नेपाली चलचित्र क्षेत्रले फड्को मारिरहंदा यस चलचित्रले पक्कै समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।उनले देशमा मौलाईरहेको भ्रष्टाचार न्यूनिकरणमा यस चलचित्रले केही भएपनि सहयोग पुर्याउनेमा आफ्नो समूह विश्वस्त रहेको समेत जनाए । चलचित्रका नायक उत्सव न्यौपानेले युवा जमातले देशमा भइरहेको नकारात्मक कार्य रोक्नका लागि खेल्न सक्ने भूमिकाको बारेमा चलचित्रले जानकारी दिने बताउंदै पहिलो चलचित्र भएकाले सबैले आफ्नो अभिनय मन पराईदिने आशा रहेको उल्लेख गरे । यसै चलचित्र मार्फत नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका करुणा श्रेष्ठले चलचित्रको कथाले सभ्य समाज निर्माणमा सहयोग पुर्याउने बताउंदै माघ १८ गते चलचित्र हेरेर प्रतिकृया दिन सबैमा आग्रह गरिन् । करिब १ करोड ७० लाख लागतमा बनेको यस चलचित्रको गित दाईलाई कुरा लाईदिने सातो खाईदिने युट्युबमा चर्चित भइसकेको छ । रामशरण भट्टराईको निर्देशन रहेको चलचित्रमा राजाराम पौड्याल, मनोज गजुरेल, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, अमृत ढुंगाना, सोनिया राई लगायत मुख्य भूमिकामा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न