बिपिएल क्रिकेट म्याचको उपाधी पुरूषोत्तमपुरलाई

प्रकाशित मिति:

प्रिन्स मिश्र, कपिलबस्तु/कपिलबस्तु जिल्लाको बहादुरगंजमा संचालित बिपिएल क्रिकेट म्याचको उपाधि पुरूषोत्तमपुरले जितेको छ । युवा अमन समाजिक बिकास केन्द्र द्वारा संचालित बिपिएल म्याचको फाइनल म्याच पुरूषोत्तमपुरले ३५ रन बटा जितेको अयोजकले जनाएकोे छ । युवाहरूको क्रिकेट प्रतिको रुचि बढाउना बिपिएल क्रिकेट १५ दिन सम्मा चलेको थियो । बिपिएल क्रिकेटको फाइनल म्याच शिवराज अस्पताल र पुरूषोत्तमपुर बिच भएको थियो । जसमा पुरूषोत्तमपुरले निर्धारित १५ ओभरमा १ सय ३ रन बनाई शिवराज अस्पतालको अगाडि १ सय ४ रनको लक्ष्य रखेको अयोजक बदरे आलमले जनाएका छन । तर शिवराज अस्पतालले निर्धारित १५ ओभरमा अफ्नो सप्पै बिकेट गुमाइ ६८ रन मात्र बनाएको थियो ।

लक्ष्य पूरा गर्न नसकेकोले म्याच ३५ रनले पुरूषोत्तमपुर जितेको अयोजक सदस्य सुशील गुप्ताले जनाएका छन । फाईनल म्याचमा ३१ रन बनाई ३ बिकेट लिएका मोसिन खान म्याचको बिनर पारिको लागि म्यान आफ द म्याच भएका छन । यस्तै अफ्नो पुरै म्याचमा राम्रो प्रदर्शन गरेका मोबिन खान ७७ रन बनाई ९ बिकेट लिएको हुनाले म्यान आफ द सिरिज बटा सम्मानित भएका थिए । क्रिकेट म्याचको फाईनल खेलको प्रमुख अतिथिमा राजपा केन्द्रीय सदस्य रबि दत्त मिश्र, बिशिष्ट अतिथि ईप्रका बहादुरगंज प्रहरी नयाव निरिक्षक रमेश गुरूङ, कृष्णनगर यातायात समितिका महासचिव रामदाश चौधरी , अतिथिमा समाजसेवी अतिकुर्रहमान शाह, भारतको बढनी चेयरमैन प्रत्याक्षी सुनिल अग्रहरी, युवा नेता निर्भय सिंह ,बादल सिंह, समाज सेवि मनोज मिश्र लगायत अतिथिहरूको उपस्थिती रहेकोे अयोेजकले जनाएको छ ।