लोकतन्त्रको घांटी निमोठ्ने काम भईराछ : नेता पौडेल

प्रकाशित मिति:

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले लोेकतन्त्रको घांटी निमोठ्न उद्धत रहेको दाबि गरेका छन् । सरकारले लोकतन्त्रलाइ भर्याङ बनाएर अधिनायकबादको बाटोमा हिडेको तर्क उनको छ । । प्रजातान्त्रिक बिचार समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको लोकतान्त्रिक बिचार र संस्कार बिषयक प्रवचन कार्यक्रमलाइ सम्बोधन गर्दै नेता पौडेलले नेपाली राजनीतिमा संस्कार र बिचारको कमी भएको उल्लेख गरे । सरकारप्रति खरो रुपमा टीप्पणी गरेका पौडेलले सरकारका तीन काम बिकास,सुशासन र शान्ति सुरक्षा कायम गर्नेहो तर यी तीनवटै कुरामा सरकार फेल भएको उनको भनाइ छ । ।अहिले देशमा वाइडबडीमा अरबौं भ्रष्टाचार भएको छ,पहिले करोडमा हुन्थे,अहिले अरब÷खर्बमा भएको उनको भनाइ छ । पौडेलले कांग्रेसको नेतृत्वले ४ बर्षे समयसीमा भित्रै १४ औं महाधिबेशन गर्नुपर्ने भन्दै म्याद थपेर लम्बाएमा दुर्भाग्य हुने समेत बताए ।

म्याद थप्न नैतिकताले र ब्यबहारले पनि दिदैन, कांग्रेस नया ढंगले चल्नुपर्ने उनको भनाइ छ ।कांग्रेसको सिद्धान्तले देशमा जितेपनि संगठनले हारेको पौडेलको तर्क थियो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेसलाइ सिटामोलले निको नहुने भन्दै अप्रेसन गरेर गलत तत्व फाल्नुपर्ने बताए । कार्यक्रममा डा केदार नरसिंह केसी,युवा नेता प्रदीप पौडेल,अब्दुल रज्जाक,रामचन्द्र ढकाल,बिरबहादुर राना,रमा अर्याल,हरि लम्साल,बिपुल पोखरेल,रामराज पोखरेल,डिल्लीनारायण पाण्डे लगायतले बोलेका थिए ।