हेलिकप्टरमा राखेर सुत्केरीको उद्धार

प्रकाशित मिति:

तेह्रथुम – जिल्ला अस्पताल तेह्रथुममा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्ूुको जिल्ला अस्पतालमा प्रसूति गराइएपनि अत्यधिक रक्तश्राव भएका कारण थप उपचारकालागि मंगलबार हेलिकप्टरमार्फत कोशी अन्चल अस्पताल विराटनगर लगिएको छ ।लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले बताउनुभयो ।छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गएको शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । शारीरिक रुपमा कमजोर भए पनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै अपरेसन गरेर बच्चा जन्माइएको र आई।सी।यू।मा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको जिल्ला अस्पतालका डाक्टर आनन्द देवले बताउनुभयो ।

लिम्बूको अपरेसन पछि सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो ।जिल्ला अस्पतालमा ब्लड बैंक समेत छैन । दुई जनाले रक्तदान गरेर लोककुमारीको अपरेसन भएको थियो । तर अपरेसनपछि समेत निरन्तर रक्तश्राव भएपछि जिल्ला अस्पतालले रेफर गरेको श्रीमान् किर्तिमान लिम्बूले बताउनुभयो ।जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँगको समन्वय गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी हुमागाइ ले बताउनुभयो ।उहाँका अनुसार सरकारले जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार सम्बन्धी कार्यविधि नै बनाएर राष्ट्रपति उत्थान कार्यक्रम सञ्चालित छ ।जिल्लामै पहिलो पटक जोखिममा रहेकी सुत्केरीको उद्धार गरिएको र यस्ता समस्याहरुको निदानका लागि कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको प्रजिअ हुमागाईंको भनाइ छ ।