क्याप्टेनमा फूटबलको कथा समेटिएको छ: भुवन केसी

प्रकाशित मिति:

नायक भुवन केसी आाफ्नो नयाँ चलचित्र क्याप्टेनको प्रचारप्रसारमा जुटेका छन् ।प्रचारप्रसारका लागि पश्चिम नेपालका जिल्लाहरु पुग्ने क्रममा मङ्गलबार नेपालगञ्ज पुगेका अभिनेता केसीले सञ्चारकर्मीसँग कुरा गर्दै क्याप्टेनमा नेपालको फुटबलको कथावस्तु रहेको बताउनुभयो । चलचित्रमा नायक केसीका छोरा अनमोलको मुख्य भूमिका रहेको छ ।करिब दुई करोड ५० लाखको लगानीमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’को प्रविधिक पक्ष आत्याधुनिक रहेको केसीले दावी गर्नुभयो ।

अनमोलसँगै सरोज खनाल, सुनील थापा जस्ता नयाँ र पुराना कलाकारको संगमको रुपमा चलचित्र तयार पारिएको जानकारी दिँदै केसीले चलचित्र फागुन १७ गते रिलिजको तयारी गरिएको बताउनुभयो ।नेपाली फुटबलले गाउँदेखि शहर हुँदै साफमा पदक जितेकोसँगै यसभत्रका विकृति र विसंगति पनि चलचित्रमा समेटिएको उहाँको भनाइ छ । केसीले फुटबलको विकासका लागि खेलाडीलाई राज्यले मनोबल बढाउनुपर्ने सन्देश दिन खोजिएको बताउनुभयो ।क्याप्टेन केसीको आफ्नो प्रोडक्सन हाउस सुपर काजल फिल्मसले निर्माण गरेको हो ।