अन्तरिक्षमा बनेको पहिलो होटल ,९५ लाख डलर रकम खर्च

प्रकाशित मिति:

काठमाडौं । अन्तरिक्षमा बनेको पहिलो होटल सार्वजनिक गरिएको छ । अबको दुई वर्षको अवधिमा ९५ लाख डलर रकम खर्च गरेर अन्तरिक्षमा यो होटलमा जानसक्ने बताइएको छ । उक्त होटलबाट दैनिक १६ पटक सूर्योदय हेर्न सकिन्छ भने यहाँ शून्य गुरुत्वाकर्षण रहेको छ । सो होटल अमेरिकी अन्तरिक्ष कम्पनी ओरिओन स्पानले निर्माण गरेको हो । अहिले होटल बनाइएको स्पेस स्टेशनम एकपटक ६ जना मानिसहरु बस्न सक्छन् । जहाँ २ जना क्र्यु सदस्य पनि हुन्छन् भने यो अन्तरिक्ष यात्रा १२ दिनको रहनेछ । यो होटलमा सन् २०२१ मा पहिलोपटक मानिसहरु लैजाने योजना रहेको छ । यसअघि सन् २०१८ मा २०२२ मा मानिस लैजान सकिने घोषणा गरिएको थियो । ओरिओन स्पानका सीईओ तथा संस्थापक फ्रान्क बंगरले यो होटल सार्वजनिक भएसँगै यहाँ मानिसहरु लैजान शुरु गरिने बताए । उनले अन्तरिक्षमा मानिसहरुलाई छिटै र सस्तो मूल्यमा लैजाने प्रयास भइरहेको बताए ।

अन्तरिक्ष यात्राको अनुभव झण्डै २ साताको भ्रमणको लागि १ करोड डलरको भ्रमणले मानिसलाई अन्तरिक्षको महत्वपूर्ण अनुभव प्रदान गर्नेछ । उनले यो ऐतिहासिक हुने र त्यसका लागि २४ महिनाको परीक्षण अवधि राखिएको बताइएको छ । १२ दिनको यात्रामा निकै धनी मानिसहरुले पृथ्वीभन्दा २ सय माइलमाथिको यात्रा गर्नेछन् । जहाँबाट पृथ्वीको निकै रमणीय दृश्य देखिन्छ । यो होटलले ९० मिनेटमा पूरा पृथ्वीको चक्कर लगाउने छ । यसको अर्थ मानिसहरुले एक दिनमा १६ पटक सूर्योदय देख्न पाउँछन् । अन्य महत्वपूर्ण परीक्षण सो अन्तरिक्ष स्टेसनमा अन्य केही महत्वपूर्ण परीक्षण पनि गर्न सकिने बताइएको छ । अहिले अनुसन्धाताहरु यहाँ खाना उमार्ने प्रयासमा पनि लागेका छन् । साथै त्यहाँ उच्च गतिको इन्टरनेट सेवाको पनि प्रयोग गर्ने तयारी भइरहेको छ । यसबाट पृथ्वीमा रहेका मानिसहरुले पनि अन्तरिक्षको केही अनुभव लिनसक्ने बताइएको छ । पृथ्वीको दृश्यावलोकनको लागि अन्तरिक्षको होटलमा विशेष झ्यालहरु पनि राखिएका छन् । यो होटलमा मानिसहरु विना कुनै गुरुत्वाकर्षणको कारण उड्न पनि सक्छन् । यो स्टेसन १२ फिट फराकिलो र ३५ फिट लामो छ । जुन एक ठूलो निजी हवाईजहाज जत्रो हुन्छ । बंगरले यो अन्तरिक्ष स्टेसनको यात्राले नयाँ अन्तरिक्ष युगको शुरुवात हुने विश्वास व्यक्त गरे । पृथ्वीबाट उड्नुभन्दा पहिला त्यहाँ जान चाहने मानिसले तीन महिनाको एक तालिमको प्रमाणपत्र लिनुपर्ने हुन्छ । ओरिओन स्पान विगत १४० वर्षदेखि मानिसको अन्तरिक्ष अनुभवबारे काम गरिरहेको संस्था हो । अहिले ओरिओन स्पानले अहिले उक्त होटलमा जान चाहने मानिसहरुबाट पैसा उठाउने काम पनि गरिरहेको छ । यो ओरिओन स्पानको निकै महँगो योजना हो ।

यसअघिको प्रयासहरु
अन्तरिक्षमा मानिसहरु लैजाने प्रयास यो पहिलो भने होइन । अन्तर्राष्ट्रिय स्पेस स्टेसन ९आईएसएस०का म्यानेजरले पनि सन् २०२४ सम्ममा मानिसहरुलाई स्पेस स्टेसन व्यावसायिक बनाउने योजना अघि सारेका छन् । पछि सन् २०२० बाट पर्यटकहरु आईएसएसमा लैजाने अर्को योजना ल्याइएको थियो । यसअघि सन् २००१ मा सात दिनको भ्रमणको लागि २ करोड डलरको योजना अघि सारिएको थियो । सन् २००९ मा पनि २ लाख ५० हजार डलरमा अन्तरिक्षमा मानिस लैजाने योजनाको लागि भर्जिन ग्लाक्टिकको योजना आएको थियो । तर यसको पहिलो उडान सन् २०१८ को डिसेम्बरमा मात्र भएको थियो । जसमा तोकिएको रकम लागतभन्दा निकै कम रहेको पाइएको थियो । बंगरका अनुसार अहिले अघि सारिएको योजना अन्तरिक्षमा होटलका साथै बहुउपयोगी रहेको बताए । उनले आफ्नो संरचना आगामी दिनमा सहजै क्षमता बढाउन सकिने किसिमको रहेको र बजारको मागअनुसार विस्तार हुन सकिने किसिमको रहेको बताएका छन् ।