परोपकारमा प्रियंका र आयुष्मान

प्रकाशित मिति:

काठमाडौ \ अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले परोपकारी कामको लागि  आयंका फाउण्डेशन घोषणा गरेका छन् । अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् ।  मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्ने योजना बनाएको हो । कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउण्डेशनको सुरु भएको उनीहरुको भनाई छ ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसागको सहकार्यमा स्वास्थ्य शिक्षा सरसफाई, महिनावारी बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रिंयंका कार्कीले जानकारी दिएकी छिन् । अभिनेता आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ । यस्तो परोपकारका लागि आफ्नो कमाईको १० प्रतिशत रकम छुट्याईने उनीहरुको प्रतिबद्धता छ । फाउण्डेशनको घोषणासाँ टोल सफाईमा सक्रिय हुने उनीहरुले बताएका छन् । आयंका फाउण्डेशनको मुख्य सल्लाहकार सरोज ओली हुन् ।