स्वस्थानी दोस्रो भाग : राक्षसहरु समेत आफ्नो वचनप्रति दृढ हुन्छन् भन्ने आदर्श सन्देश

प्रकाशित मिति:

काठमाडौं । श्री स्वस्थानी ब्रत कथाको दोस्रो अध्यायमा सृष्टिको संक्षिप्त वर्णन र दिक्पालको वर्णन गरिएको छ । पहिलो अध्यायमा बाँकी रहेको सृष्टिको विषय र १० दिक्पालको वर्णनमा नै दोस्रो अध्याय सीमित भएको छ । तर, यसमा हाम्रा दैनिक जीवनको लागि उपयोगी विषयहरु भने यसमा धेरै देखिन्छ । यसमा उल्लेख गरिएका केही विषयहरु केही पुराणसँग बाझिएका पनि छन् भने केही पुराणसँग मेल पनि खाएका छन् । यही ब्रह्माण्डको सृष्टिको क्रममा केही मतभेदहरु भेटिएको छ । तर, यसको मूल निचोड र यसले बोकेको बिम्बमा भने भिन्नता देखिएको छैन । सबै पुराणहरु ब्रह्माले नै ब्रह्माण्डको सृष्टि गरेको कुरामा सहमत छन् । तर, वेदद्रष्टा भिन्न भिन्न ऋषिहरुले लेखेको भिन्न भिन्न पुराणहरुमा विष्णु भगवान र भगवान शिवको प्रमुखताको विषयलाई लिएर केही मतभेद देखिएको छ । स्कन्द पुराणमा उल्लेख गरिए अनुसार पुरै पृथ्वी जलमय रहेको स्थितीमा भगवान विष्णुको नाभीबाट निस्किएको कमलमा बसी सृष्टि गर्न खोजेका ब्रह्मालाई मधु र कैटब नामका राक्षसहरुले आक्रमण गर्न लागेको प्रसंग उल्लेख गरिएको छ । यहाँ ब्रह्मा र मधु, कैटव एक सांकेतिक पात्र हुन् । हिन्दू धर्म ग्रन्थमा उल्लेख गरिएका यी तथ्यलाई स्वस्थानी ब्रत कथामा राखिनुको तात्पर्य यसले बोकेको सांकेतिक अर्थ नै हो भन्न सकिन्छ । यहाँ सत्य र असत्यबीचको लडाईँलाई प्रतीकात्मक रुपमा उल्लेख गरिएको छ । राक्षस दुष्टताको प्रतिक हो र असत्यताको प्रतिनिधि । राक्षसको काम नै अरुलाई दुख दिने भएपनि राक्षसहरुमा समेत एउटा नैतिकता हुने विषयलाई यहाँ देखाउन खोजीएको छ । पानीमा कमलको फूलमाथि बसेर सृष्टि गर्छु भन्नुले पनि जुनसुकै महत्वपूर्ण काम र ठूलो काम समेत कठिनाईबाट नै सुरु हुन्छ भन्ने देखाउन खोजिएको हो । यसमा त्यतिबेलाका दुष्टहरु समेत कति नैतिक थिए भन्ने कुरा पनि स्पष्ट उल्लेख गरिएको छ । यहाँ बरु भगवानले छल गरेका छन् । यदि भगवानले त्यहाँ छल गरेका थिएनन् भने दानबी राज सुरु हुने निश्चित थियो । यसको तात्पर्य यो देखिन्छ कि यदी कुनैपनि अवस्थामा सत्यले हार्ने स्थिती आएको छ भने वा धेरै भन्दा धेरै मानिसको त्यो एक झुटले कल्याण हुन्छ भने त्यो गर्नु पाप होईन भन्ने सन्देश दिन खोजेको देखिएको छ ।

त्यस्तै, यो खण्डमा जुन राक्षसहरुले विष्णु तिमी छलगर्न सिपालु रहेछौ तर, पनि हामी बाचाले हारिसकेकोले बरदान माग भन्ने जुन विषय उल्लेख गरिएको छ । त्यसले दानवी प्रवृत्तिका मानिसहरु समेत आफ्नो वचनप्रति कति प्रतिवद्ध हुनुपर्छ भन्ने ज्ञान समेत दिईएको छ । यहाँ दुई पक्षबीच लामो समयसम्मको युद्धको विम्ब प्रयोग गरिएको छ । यसले यो दुनियाँमा सत्यले पनि असत्यलाई जित्न सहज छैन भन्ने कुरा पुष्टि गरेको छ । यहाँ दिव्य वर्ष भनेको मानिसहरुको एक वर्षको मापन हो । अर्थात् मानिसहरुको ५ हजार वर्षसम्म युद्ध भएको हो । यो युद्धबाट के कुरा प्रमाणित भएको छ भने असत्य सत्य भन्दा निकै बलियो हुन्छ । तर, सत्यले बुद्धि मार्फत् बललाई परास्त गर्न र नियन्त्रमा लिन सक्न भन्ने सन्देश दिएको छ । यहाँ उल्लेख गरिएको विषयलाई आधार मान्ने हो भने एक सत्य युग जतिको समय देवता र दानवहरुबीचमा युद्ध भएर नै वितेको थियो । यसको अर्थ यही हो कि असत्य पनि सत्य जस्तै वलवान् हुन्छ । अझ शक्तिशाली पनि हुन्छ । तर, त्यसलाई जसरी पनि सत्यको नै विजय हुन्छ भन्ने आदर्श विम्ब यस अध्यायमा देखिन्छ। यहाँ जुन मासुले पर्वत हाँडले पत्थर आदि सिर्जना गरेको भनिएको छ । यसले मासु जस्तो पर्वत, पत्थर जस्तै हाडको सिर्जना गरेको उल्लेख गरिएको छ । यो ब्रह्माको सृष्टि क्रमको विश्लेषण हो । यहाँ भगवान शिवले विभिन्न दिक्पालहरुको अधिपति तय गरेको भन्ने उल्लेख गरिएको छ । यसले त्यतिबेलाको समेत प्रशासनिक विकेन्द्रीकरणलाई संकेत गरेको छ ।

१४ भुवनको सृष्टि रचनाबारे विष्णुपुराणमा पनि केही विषय भिन्न रहेको छ । यहाँ पनि १४ भुवन र १० दिक्पालको विषयमा उल्लेख गरिएको छ । यही विषय विष्णु पुुराणमा पनि उल्लेख गरिएको छ । मात्रै त्यहाँ भगवान विष्णुको प्राधान्यतालाई स्वीकार गरिएको छ भने यहाँ भगवान शिवलाई । स्वस्थानी व्रत कथाको दोस्रो अध्याय दिक्पालको वर्णनमा आधारित छ । लेखकले यस अघि नै १४ भुवनको सृष्टिबारे उल्लेख गरिएको छ । १० दिक्पाल कुन् कुन् हो भन्ने तल उल्लेख गरिएको छ । दिक्पालको विषय विशेषगरी बराह पुराणमा उल्लेख गरिएको छ । बराह पुराण अनुसार ब्रह्माले सृष्टि गर्नको लागि तयारी गरिरहँदा उनको कानबाट १० कन्याहरु उत्पन्न भएका थिए । ती मध्ये ४ गौण र ६ कन्यालाई धेरै महत्व दिईयो । त्यसैलाई अहिले दिक्पालको रुपमा मानिन्छ । तर, अहिले व्यवहारमा पूर्व, पश्चिम, उत्तर र दक्षिण यी ४ महत्वपूर्ण मानिसएका छन् भने आग्नेय, नैऋत्य, वायवी, ऐसानी, उध्र्व अर्थात् माथि र अधस् अर्थात् तलको दिशा गरी कूल १० दिशाको व्यवस्था गरिएको छ । यही १० दिशाको अधिपतिको रुपमा विभिन्न भगवानहरुलाई जिम्मेवारी दिईएको उल्लेख यो दोस्रो अध्यायमा उल्लेख गरिएको छ । यस बाहेक पनि यहाँ १४ भुवनहरु सहितको ब्रह्माण्ड जुन अण्ड आकारको रहेको बताईएको छ । त्यसैले यसको नाम नै ब्रह्माण्ड राखिएको छ । यसको विषयमा पहिले विष्णुपुराणमा धेरै विषयहरु उल्लेख गरिएका छन् भने बाँकी केही विषयहरु श्रीमद्भागवत् महापुराणमा पनि उल्लेख गरिएका छन् ।

पुराणका अनुसार कस्तो छ ब्रह्माण्डको बनोट
हामी रहेको यो ब्रह्माण्ड अण्ड आकारको छ । त्यसैले यसको नाम नै ब्रह्माण्ड राखिएको छ । यसको विषयमा पहिले विष्णुपुराणमा धेरै विषयहरु उल्लेख गरिएका छन् भने बाँकी केही विषयहरु श्रीमद्भागवत् महापुराणमा पनि उल्लेख गरिएका छन् । सप्तदीपहरु मध्ये पृथ्वीको सबै भाग जम्बूदीपभित्र पर्दछ । हामी अहिले रहेको जम्बूदीपमा कूल ९ वर्षहरु छन् । अर्थात् पौराणिक समयमा पृथ्वी ९ भागमा विभाजित गरिएको थियो । त्यही विभाजनलाई प्राचीनकालमा वर्षको रुपमा मानिन्थ्यो । अहिले सोही वर्षलाई महादेशहरुको नामले चिनिन्छ । जम्बूदीपमा रहेको सुमेरु पर्वतको दाहिनेपट्टि भारत वर्ष, किम्पुरुष वर्ष र हरि वर्ष रहेका छन् । त्यस्तै, सुमेरु पर्वतको उत्तरपट्टि रम्यक वर्ष, हिरण्यक वर्ष र कुरु वर्ष रहेको छ । सुमेरु पर्वतको पूर्वमा भद्राश्व वर्ष र सुमेरु पर्वतको पश्चिममा केतुमाल वर्ष रहेको छ । यसमध्ये अहिलेको नेपाल भारत लगायतका मुलुकहरु भारतवर्ष भित्र पर्दछन् । १ लाख योजनमा फैलिएको सो जम्बूदीप आफू जत्तिकै ठूलो लवणयुक्त९नुन० समुद्रले ढाकिएको छ । एक योजनमा करिब ३ किलोमिटर हुन्छ । अर्थात् पृथ्वी ३ लाख किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको उल्लेख पुराणमा छ । माथि उल्लेख गरिएको उक्त लवणयुक्त समुद्रपनि दुई गुणा ठूलो प्लक्षदीपले ढाकिएको छ । उक्तदीपमा पनि सात वर्षहरु छन् । उक्त दीप मीठो पानीले भरिएको इक्षुरसले ढाकिएको छ । सो इक्षुरस पनि शाल्मलिदीपबाट घेरिएको छ। उक्त शाल्मलिदीप सुरा९मदिरा० युक्त समुद्रबाट ढाकिएको छ । उक्त सुरा समुद्रलाई कुशद्वीपले ढाकिएको छ । कुशदीप घृत९घिऊ० समुद्रद्वारा ढाकिएको छ । उक्त घृत समुद्रपनि क्रौञ्च समुद्रले घेरिएको छ । उक्त क्रोञ्चदीप पनि दधि९दही० समुद्रले घेरिएको छ । उक्त दधि समुद्र शाक दीपले घेरिएको छ । शाकदीप क्षीर९दूध० समुद्रले घेरिएको छ । क्षीर समुद्र पनि पुस्करदीपले घेरिएको छ । पुस्करदीप पनि शुद्ध जलयुक्त समुद्रले घेरिएको छ ।जम्बुदीपलाई छाडेर प्लक्ष आदि गरिएका सबै दीपहरु सात सात वर्षमा विभाजित गरिएका छन् । सप्तदीपात्मक यस व्रह्माण्डमा आफ्नो दुई गुणा ठूलो विस्तृत आकारवाला स्वर्णिम भूमिद्वारा आवृत्त छ । उक्त काञ्चन भूमि चारैतिर लोकालोक पर्वतद्वारा वेष्ठित छ। यो पर्वत पूर्ण अन्धकारद्वारा व्याप्त छ । यो अन्धकार गर्दोदकबाट धेरिएको छ। त्यसबाहिर अर्धकटाह९आधा कराई आकारको एक पदार्थले ढाकिएको हुन्छ । त्यही अर्ध ब्रह्माण्ड हो । यो पृथ्वीको तलतिरको भागको वर्णन हो । वैज्ञानिकहरुले पृथ्वीको माथिल्लो भागको विषयमा धेरै विषयहरु अन्वेषण गरेको भएपनि पृथ्वीको तल्लो भागमा त्यत्ति धेरै अन्वेषण गरेको पाईँदैन। यो भूमिको अर्ध ब्रह्माण्ड बाहिर सात लोकहरु रहेको छ । अतल, वितल, नितल, तलातल, महातल, सुतल र पाताल गरी सात लोकहरु पृथ्वी बाहिर रहेका सात लोकहरु हुन् । यो सात लोक भन्दा मुनि दाहिने तर्फ नरक छ । त्यो नरक पनि २१ प्रकारको रहेको छ ।