आभाबको लोकप्रियता चुलिदै पायो छोटो समयमै १० लाख दर्शक

प्रकाशित मिति:

बुटवल /योग्सना डिजिटलको प्रस्तुतीमा बजारमा आएको लोकदोहोरी गीत “ अभाव” छोटो समयमा नै सर्वा्धिक चर्चा बटुल्न सफल भएको छ । नेपाली लोक सांगितीक बजारमा दिनहु नयाँ नयाँ गीतहरु सार्वजनिक हुने गर्दछन ,त्यी गीतहरु मध्ये कतिले राम्रै चर्चा पाउछन् त कति भने यसैै हराएर जाने गर्छन । लोक गित भित्र वास्तविकता लुकेको हुने गर्दछ, एस्तै एउटा लोकदोहोरी गीत हो अभाव ।लोक दोहोरी क्षेत्रमा फरक किसिमको गीत संगीत बजारमा ल्याउने होडबाजी नै चलेको छ, नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रां।लिंं ले आफ्नै अफिसियल युटुब च्यानलबाट “ अभाव” बोलको गित केहि दिन अगाडि सार्बजनिक गरेको थियो ।माया प्रेमको कथामा आधारित रहेको उक्त “ अभाव” बोलको गितले छोटो समयमा नै १० लाख भन्दा बढी श्रोताको माया पाएको छ ।

अविरल बोहरा र मोहन विकको प्रस्तुतिमा रहेको उक्त गितमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाज रहेको छ । मिठो स्वरका धनी अधिकारी गायक मात्र हैनन् एक होनाहार सर्जक पनि हुन् । उनका बजारमा आउने हरेक गीतहरुले सफलताको शिखर चुम्दै गएका छन ।उक्त अभाव बोलको गितमा गणेश अधिकारीको शब्द तथा लय सिर्जना रहेको छ भने विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन अनि स्मिृती तिमिल्सिना गुरुआमा को निर्देशनमा रहेको भिडियोमा अविरल बोहरा , सारिका केसी , आशिर प्रताप जंग लगायतको शसक्त अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस अब उक्त गीतको पुरा भिडियो