प्रदेश सांसद भागवत प्रकाश मल्ल द्धरा सहयोग

६ श्रावण २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
435 Shares


स्याङ्जा । चापाकोट नगरपालिकामा वीपीको ३६ औँ स्मृति दिवसको अवसर पारेर फरक फरक कार्यक्रमहरु भएको छ । चापाकोट नगरपालिकाको वडा नं ९ मा रहेको विपिको शालिकमा स्याङ्जाका संसद भागवत प्रकाश मल्लले माल्यर्पण गर्नुभएको थियो । त्यस्तै चापाकोट नगरपालिकाको वडा नं ८मा साल, धुपी, कपुर लगायत विभिन्न प्रजातिका विरुवाको वृक्षरोपण गरिएको छ । त्यस्तै संसद भागवत प्रकाश मल्लले तलब वाट प्राप्त हुने रकम मृगौला रोगबाट पिडित चापाकोट वडा नं ५ का मित्रलाल वि.क., वडा नं ७ का कमल गुरुङ, वडा नं ८ का ईश्वर श्रेष्ठलाई जनही २५ हजारदरले रु ७५ हजार नगद सहयोग समेत हस्तान्तरण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया