पाकिस्तान विरुद्ध दक्षिण अफ्रिकाको सहज जित

प्रकाशित मिति:

पाकिस्तान विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले सहज जित निकालेको छ । दक्षिण अफ्रिकाले पाकिस्तानमाथि पाँच विकेटको जित निकालेको हो । पाकिस्तानले दिएको २०४ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।दक्षिण अफ्रिकाका लागि हि भान डेर डुसेनले र एन्डिल फेहलुकवायोले उकृष्ट प्रदर्शन गरे । डुसेनले अविजित ८० रन बनाए ।

त्यस्तै, फेहलुकवायाले पनि अविजित ६९ रन बनाए । बलिङतर्फ शाहिन शाह अफ्रिदीले तीन विकेट लिए ।यसअघि दुर्बानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खराब प्रदर्शन गर्दै ४५।५ ओभरमा सबै विकेटको क्षतिमा २०३ रन मात्रै बनाउन सकेको थियो ।पाकिस्तानका लागि दुई जना खेलाडी बाहेक अन्य खेलाडीले उच्च रन बनाउन सकेनन् । पाकिस्तानका लागि हसन अलिले ५९ रन बनाएका थिए । त्यस्तै कप्तान सफ्रराज अहमेदले ४१ रन बनाएका थिए ।बलिङतर्फ दक्षिण अफ्रिकाका एन्डिल फेहलुकवायोले चार विकेट लिए ।पाँच खेलको एक दिवसीय सिरिजमा जितसँगै दक्षिण अफ्रिकाले १–१ को बराबरी बनाएको छ ।